१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति, संयोजकत्वमा नेकपाका सांसद कृष्णलाल महर्जन



अ+ अ-

काठमाडौं । संसदको सार्वजनिक आर्थिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ । समितिको बुधबार बसेको बैठकले सत्तारुढ नेकपाका सांसद कृष्णलाल महर्जनको संयोजकत्वमा उपसमिति बनाएको हो ।बिमान खरिद गर्दा राज्य कोषबाट चारम लुटतन्त्र भएपछि पटक पटक सरकारको बिरोध हुदै आएकोले सरकारले निश्पक्ष छानबिन टोलि बनाएको हो ।

बुधबार बसेको बैठकले सत्तारुढ नेकपाका सांसद कृष्णलाल महर्जन सहित उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिईएको छ ।