२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुधार



अ+ अ-

याङ्गुन । म्यान्मारका राष्ट्रपति यू विन मिन्तले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको म्यान्मार भ्रमणले यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगेको बताउनुभएको छ ।

हाल म्यान्मार भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति कोविन्दको सम्मानमा दिएको रात्रिभोजमा म्यान्मारका राष्ट्रपति मिन्तले भारतका तर्फबाट भएको यो पछिल्लो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सावित भएको धारणा राख्नुभएको थियो ।

रात्रिभोजमा बोल्दै म्यान्मारका राष्ट्रपति मिन्तले भन्नुभयो, भारतले म्यान्मारसँगको सम्बन्धका लागि दिएको महत्वको हामी उच्च प्रसंशा गर्दछौँ ।

म्यान्मार भारतको एक असल छिमेकी देश भएको भन्दै म्यान्मारका राष्ट्रपति मिन्तले यी दुई देशको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताउनुभयो । आगामी दिनमा एसियाली क्षेत्रको शान्ति, समृद्धि र स्थायित्वका लागि म्यान्मारले भारतसँग सम्बन्ध गाँसेर काम गर्न चाहेको उहाँले धारणा राख्नुभयो ।

भारतीय राष्ट्रपति कोविन्दले शान्तिप्रक्रिया, राष्ट्रिय सहमतिको निर्माणका साथै आर्थिक सुधारका क्षेत्रमा म्यान्मारले पछिल्ला समयमा प्रगति गरिरहेकोमा म्यान्मारको प्रशंसा गर्नुभयो ।

उहाँले समग्र भारतीय जनता म्यान्मारको शान्ति, समृद्धि र स्थायित्वका पक्षमा उभिएका छन् भन्नुभयो । एक असल छिमेकका रुपमा भारतले म्यान्मारको सम्बन्धलाई सदैव महत्वका साथ हेरिरहेको धारणा पनि भारतीय राष्ट्रपति कोविन्दले राख्नुभयो ।

भारतीय राष्ट्रपति कोविन्द हाल म्यान्मारको पाँच दिने औपचारिक भ्रमणका क्रममा हुनुहुन्छ । उहाँ आगामी शुक्रबार स्वदेश फर्किनुहुनेछ । गएको करिब एक दशकपछि भारतीय उच्च नेताका रुपमा उहाँको यो नै पहिलो भ्रमण हो ।
रासस