१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगडा माबिका पूर्व प्रअ जैस मुहम्मदमाथि भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगडा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जैस मुहम्मदले किर्ते गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले जैस मुहम्मद बिरुद्ध कार्बाहीको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जानकारी दिनुभयो । विद्यालयका लागि विज्ञान सामग्री खरिद नगरी नक्कली बिल भरपाई पेस गरी भ्रष्टाचार गरेको उनीमाथि आरोप छ ।

गैरकानूनी तरिकाले सरकारी कागजको व्यहोरा सच्याई रू दुई लाख सैतीस हजार नौ सय सत्र भुक्तानी लिएको सप्रमाण पुष्टि हुन आएको आयोगको अनुसन्धानबाट देखिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर देखिएकोले निजलाई सोही ऐनको दफा ११ बमोजिम सजाय गर्न मागदाबी गरेको छ ।