९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भूपि पुरस्कार’ त्रिपाठीलाई



अ+ अ-

बागलुङ, २६ मङ्सिर: धवलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापित ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई प्रदान गरिने भएको छ ।

विसं २०७३ मा स्थापित उक्त पुरस्कार पहिलोपटक त्रिपाठीको अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’ का लागि प्रदान गर्न लागिएको हो ।

रु १५ हजार राशिको सो पुरस्कार आउँदो पुस १० गते ८४औँ भूपि जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्रिपाठीका निबन्ध सङ्ग्रह ‘बादल, धर्ती र आस्था’, ‘जीवनसूत्र र स्वप्नाभास’ लगायतका साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन् । उहाँको विसं २०५३ मा ‘अनिवार्य नेपाली व्याकरण र रचना’समेत प्रकाशित भएको थियो ।

भूपिका रचनामाथि समालोचनात्मक ढङ्गले लेखिएको कृति भएका कारण त्रिपाठीलाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । “पहिलो पुरस्कार वितरणको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “वर्षेनी भूपि जयन्ती पारेर पुरस्कार दिने योजना छ ।”

स्रष्टा र साहित्यिक संस्थालाई गरी वर्षेनी आलोपालो गरेर पुरस्कार दिइनेछ । साहित्यिक संस्थालाई अक्षयकोषमा रकम राख्ने गरी पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कार कोषमा हालसम्म रु तीन लाख ७० हजार जम्मा भएको छ । रु एक हजारदेखि माथि सहयोग गर्ने १२५ जना कोषका संस्थापक बनिसकेका छन् ।

“जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरेका हौँ”, अध्यक्ष रोशनले भन्नुभयो, “कवि भूवि शेरचनको सम्मानमा यो समर्पित छ ।” विसं १९९० पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्मनुभएका शेरचन नेपाली साहित्यको विशिष्ट प्रतिभा हुनुहुन्छ ।