• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

मन्त्रीहरुको जिल्ला भ्रमण मोह, चार महिनामै सके ७२ लाख



काठमाडौं । पछिल्ला समय मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमण गर्नेक्रम बढेको छ। राजधानी दैनिकका अनुसार चालु आर्थिक वर्षमा मन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार अनुगमन तथा मूल्यांकनमा एक करोड २३ लाख विनियोजन गरिएको थियो।

सोमध्ये साढे चार महिनामै मन्त्रीहरुले ७२ लाख ६३ हजार ४२ रुपैयाँ घुमेरै सकेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

जिल्ला भ्रमणका क्रममा मन्त्तीहरुले भ्रमण तथा हवाइ टिकटमा मात्रै ५४ लाख ५७ हजार ६४२ रुपैयाँ खर्च गरेका छन् भने दैनिक भ्रमण भत्ताबापत उनीहरुले १७ लाख ६५ हजार ८०० रुपैयाँ राज्यकोषबाट बुझेका छन्। यस अवधिमा मन्त्रीहरुले मनोमानी रुपमा राज्यकोषबाट लाखौं रुपैयाँ खर्चेर २० पटकसम्म जिल्ला भ्रमण गरेको पाइएको छ ।