३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको जिल्ला भ्रमण मोह, चार महिनामै सके ७२ लाख



अ+ अ-

काठमाडौं । पछिल्ला समय मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमण गर्नेक्रम बढेको छ। राजधानी दैनिकका अनुसार चालु आर्थिक वर्षमा मन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार अनुगमन तथा मूल्यांकनमा एक करोड २३ लाख विनियोजन गरिएको थियो।

सोमध्ये साढे चार महिनामै मन्त्रीहरुले ७२ लाख ६३ हजार ४२ रुपैयाँ घुमेरै सकेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

जिल्ला भ्रमणका क्रममा मन्त्तीहरुले भ्रमण तथा हवाइ टिकटमा मात्रै ५४ लाख ५७ हजार ६४२ रुपैयाँ खर्च गरेका छन् भने दैनिक भ्रमण भत्ताबापत उनीहरुले १७ लाख ६५ हजार ८०० रुपैयाँ राज्यकोषबाट बुझेका छन्। यस अवधिमा मन्त्रीहरुले मनोमानी रुपमा राज्यकोषबाट लाखौं रुपैयाँ खर्चेर २० पटकसम्म जिल्ला भ्रमण गरेको पाइएको छ ।