२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

टनकपुर बाँध नजिककै सडक कालोपत्रे हुँदै



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ ।
यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव बजारसम्मको सडक कालोपत्रे गर्न लागेकोे थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिकाले आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो ।

ब्रह्मदेव बजारसम्म जोड्ने बाँध पूर्वपट्टिको नेपाली भूमिको सडक आफ्नै लगानीमा बनाई कालोपत्रे गर्छौँ’ नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “कालोपत्रेका लागि लागत अनुमान तयार गरिएको छ, त्यसअनुसार बजेट व्यवस्था गरी कालोपत्रे शुरु गर्छौँ ।”

उक्त सडक कालोपत्रेत्रका लागि रु ८० लाखको बजेटको लाग्ने अनुमान गरिएको उक्त नगरपालिकाका भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख तथा इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार १३५ मिटर लम्बाइको सडक १२ मिटर चौडा हुनेछ ।

भारतले टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म सडक कालोपत्रे गर्न लागेकामा स्थानीयवासीले प्रशासनलाई जानकारी दिएपछि तत्काल काममा रोक लगाउनुपरेको थियो । नगरप्रमुख विष्टले भारतीय पक्षले नेपाली भूमिमा गर्न लागेको कालोपत्रे रोक्नका लागि कञ्चनपुरका सङ्घीय र प्रदेश सांसदसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, सुरक्षा अधिकारीसितले पहल गरेका थिए ।

हामी अर्काको भूमि मिच्दैनौ आफ्नो एक इन्च पनि जमीन गुमाउँदैनौ, आफ्नो भूमिमा हामी आफैँ सडक कालोपत्रे गर्छौँ, भन्दै त्यो बेला भारतलाई सडक कालोपत्रे गर्न रोक लगायाँै उहाँले भन्नुभयो, “ अब नगरपालिकाले त्यहाँ यसलाई छिट्टै कालोपेत्र गर्छ ।”