२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरिदै, ९० लाख खर्चियो



अ+ अ-

काठमाडौं । पछिलो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारका कार्यहरु सुरु भएका छन् । विमानस्थल अस्तब्यस्त हुनुका साथै फोहोर बढेको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र पारेको छ ।

झण्डै ९० लाख रुपैयाँ खर्चिएर अहिले विमानस्थलको प्रस्थानतर्फ धमाधम कार्पेटिङ भइरहेको छ । विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै विमानस्थलमा यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै नयाँ सुरक्षा जाँच केन्द्र स्थापना सँगै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको संरचना निर्माण गरेको छ ।विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ ।

यहाँ पास रिर्डर, लगेज एक्स रे र वाक थ्रो एक्स रे बेबस्था गरिएको छ। अहिलेसम्म प्रहरीले हातले जाँच गर्दैमा अब विश्वसनीय प्रविधिको प्रयोग सुरु भएको छ ।

विमानस्थलका प्रमुख क्षेत्रीले विमानस्थलको पार्किङ व्यवस्थापनसहित भित्री भागहरु सजाउने काममा पनि लागेको बताए ।

विमानस्थलले अहिले आगमनतर्फ घडाहरु राखेको छ । ताउलोमा पपानी भरेर फूलहरु सजाएर राखिएको छ । यस्तै मौलिक तवरले विमानस्थललाई व्यवस्थापन गरेर सुधारका प्रयास भइरहेको दावी क्षेत्रीको छ ।