५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख ७० हजार भारूसहित भारतीय नागरिक प्रकाउ



अ+ अ-

काठमाडौं । अवैध भारतीय रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले भारतको रक्सौलबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको सूचनाको आधारमा एक लाख ७० हजार भारूसहित बरामद गरिएको छ । भारतको बिहार मोतिहारीको चैलाहा थाना ९ का महमद मैनुल कहलाई पक्राउ गरेको हो ।

मैनुलले कालो झोलामा लुकाएर ल्याएको ३४० थान पाँचसयका नोटसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।