५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाको सेवा घरघरमै



अ+ अ-

 

रुकुम । जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ ।

एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पुर्याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो । जसबाट वडावासीले वडाका साथै स्वास्थ्य तथा पशु सेवा शाखाबाट पाइने सेवासमेत पाएका छन् । नागरिकलाई गाउँगाउँमा सिंहदरबार आएको महशुस गराउनका लागि गाउँगाउँमा पुगेर सेवा दिएको वडाध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो । वडाले कामी गाउँ हिल, लिउडाँडा चौखावाङ, कुन्सिम्ला र वडा कार्यालय होल्तारामा एकीकृत घुम्ती शिविर आयोजना गरी सेवा दिएको उहाँको भनाइ छ ।

वडाले सञ्चालन गरेको एकीकृत शिविरबाट १० जनालाई विभिन्न खाले व्यक्तिगत सिफारिश, पाँच जनालाई नागरिकता र तीन जनालाई नागरिकताको प्रतिलिपिको सिफारिश गरिएको छ भने २५ जनाको जन्मदर्ता, दुई जनाको विवाह दर्ता, दुई जनाको मृत्यु दर्ता र नौ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने फारम भरिएको छ ।

यसैगरी २३५ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको छ । त्यस्तै २४५ घरपरिवारलाई विभिन्न खाले पशु चौपायका लागि निःशुल्क औषधि पनि वितरण गरिएको छ । जसबाट एक लाख २५ हजार ३०९ रुपैयाँ राजश्व सङ्कलन भएको वडाले जानकारी दिएको छ । रासस