१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ । एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ ।

बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल बक्सिङ सङ्घको तत्वाधानमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९ र ७५ केजी गरी कूल नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारतको हरियाणा र भुटानको राष्ट्रिय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ‘ए’ र ‘बी’ गरी दुई टोलीको सहभागिता रहने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्नेले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन् । २०७२ सालको भूकम्पमा परी इन्द्रमाया महर्जनको निधन भएको थियो । रासस