१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको वातावरण प्रदूषणप्रति विदेशीको चिन्ता



अ+ अ-


काठमाडौं । विदेशी नागरिकले नेपालको वातावरण प्रदूषणप्रति चिन्ता व्यक्त गरेका छन् । बिहीबार नकुहिने फोहोर र प्लाष्टिक लगायतको साम्रगिले काठमाडौंको वातावरणलाई प्रदूषित पारेको भन्दै नेडरल्याण्डका वातावरणविद् मानित जाउलोले चिन्ता व्यक्त गरेकी हुन् ।

नेडरल्याण्डस्थित आरभीओ कम्पनीका आयोजना सल्लाहकार जाउलोल वातावरण प्रदूषण नहुने गरी कारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । नेपालको वातावरण प्रदूषणप्रति चिन्ता व्यक्त गर्दे उनले नेपालमा वातावरण प्रदूषण नहुने कम्पनीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएकि हुन् ।

भक्तपुरको एउटा कारखानाको अवलोकन भ्रमण गर्न पुगेकी जाउलोले वातावरण प्रदूषण नहुने गरी उर्जा किफायती रुपमा निर्माण सामाग्रीको निर्माण जोड दिइन् । वातावरण प्रदूषण नगर्ने कारखानालाई जनतादेखि सरकारसम्मबाट प्रोत्साहन मिल्नुपर्नेमा उनको विशेष जोड थियो । वातावरण प्रदूषण वढ्दौ गैरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यसमा सरकारको मात्रै नभई स्थानीयको निकायको पनि विषय हुनुपर्नेमा सवैको ध्यान आकर्षित गरेकि थिईन् ।