१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खस्किदै गरेको बजारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन आज तयार हुने



अ+ अ-

काठमाडौं । सरकारले पछिल्लो व्याजदर तथा पुँजी बजारमा देखिएका प्रवृत्तिको समग्र अध्ययन कार्यदल टोलि गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नै प्रतिवेदनलाई अन्तिम रुप दिने र आइतबार अर्थमन्त्रालयलाई बुझाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिएका छन्।

बिहीबार साँझ राष्ट्र बैंकमा बसेको बैठकले ब्याजदर तथा पुँजी बजारमा पछिल्लो समय देखिएको समस्या समाधान सहितको प्रतिवेदन बुझाउने निश्र्कष निकालेको हो ।

मन्त्रालयले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्की, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, पुँजी बजार लगानीकर्ताका तर्फबाट नेपा इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल र पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल साथै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहने गरी समिति गठन गरेको थियो ।