१० भाद्र २०८३, बुधबार
,
Latest
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाले कार्य समय घट्यो



अ+ अ-

 

सेजोङ । दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।

कोरिया तथ्याङ्क विभागका अनुसार दक्षिण कोरियाली पुरुष र महिलाले सन् २०१७ मा प्रति हप्ता औसतमा ४२ दशमलब ८ घण्टा काम गरेका छन् । सन् २०१६ मा प्रति हप्ता ४३ घण्टा थियो ।

दक्षिण कोरियालीको प्रति हप्ता कार्य समय सन् १९९० देखि निरन्तर घट्दै आएको पाइएको छ । सन् १९९० मा कोरियालीको प्रति हप्ता कार्य समय ५३ दशमलब ८ घण्टा थियो । तथापी, दक्षिण कोरियालीको कार्य समय अरु मुलुकको दाँजोमा अझै पनि बढी छ ।

तथ्याङ्क विभागका अनुसार, सन् २०१६ मा दक्षिण कोरियालीले औसतमा वार्षिक दुई हजार ५२ घण्टा काम गरेका छन् । आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध ३६ औद्योगिक मुलुकमध्ये २९ राष्ट्रको वार्षिक कार्य घण्टा गणना गर्दा कोरियाको यो कार्य घण्टा तेस्रो सबैभन्दा बढी हो ।

जुलाईमा दक्षिण कोरियाले प्रति हप्ता कार्य समयमा संशोधन गरी ६८ घण्टाबाट घटाएर ५२ घण्टामा ल्याएको थियो ।

मूनको मन्त्रिपरिषदमा हेरफेर
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गर्नुभएको छ । उहाँले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गर्नुभएको छ । रासस