१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु (फोटो फिचर)



अ+ अ-

काठमाडौं ।  ‘घर र समाजको ऐक्यवद्धता, लैङ्गिक हिंसाबिरुद्ध शुन्य सहनशीलता’ भन्ने नारासहीत नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु भएको छ । 

बिहीवार काठमाडौंको माईतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज लगायतका संघ–संस्थाहरुले नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु गरेका हुन् । अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि  लैङ्गिक विभेद हुनु नहुने बताएका छन् ।

उनीहरुले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाबिरुद्धको अभियान शुरु गर्नु परेको बताए । समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिँसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरुको भनाइ छ । कार्यक्रममा सहभागी बनेकाहरुले महिला हिंसाको मुद्दालाई अहिलेसम्म महिलाको मुददको रुपमा मात्रै हेरिएको भन्दै यसलाई समान मुद्दाको रुपमा हेरिनु पर्ने माग गरेका छन् ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले कानून शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरुको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन् । उनीहरुले कानूनको कार्यान्वयन गरेर महिला हक, हीत र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरु समान हुनसक्ने बताए । समाज परिवर्तन गर्न भनेर लागिरहँदा आफ्नो घर र परिवारमा आफूले महिलाहरुमाथि गरिरहको व्यवहार कस्तो छ भनेर सोच्न र महिलालाई सम्मान गर्दै आफूले पढेका कुराहरु व्यवहारमा लागू गर्न सके समाज परिवर्तन हुन समय नलाग्ने उनीहरुको भनाइ छ ।

उनीहरुले महिलाको नेतृत्व स्वीकार गर्,महिला दोस्रो दर्जाका होइनन्, सबै मिलि गरौँ प्रतिकार, कसैले अब नसहौँ बलात्कार, मेरो आमा महिनावारी नभएको भए म जन्मने थिइनँ, आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।