३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टक एक्सचेन्जमा धर्ना छैटौं दिन, वार्ताका लागि अर्थको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शेयर बजार सुधार, विस्तार, लगानीको सुरक्षा लगायतका विषयमा नेपाल सरकारबाट तत्काल विशेष कार्यक्रम मार्फत सम्बोधन गर्न माग गर्दै शेयर लगानीकर्ता दबाब समूहको रिले अनसन शुक्रबार छैटौं दिनमा प्रवेश गरेको छ ।

उक्त समूहले १४ बुँदे माग प्रस्तुत गरी स्टक एक्सचेन्जको मुलढोकामा रिले अनसन जारी राखेको छ ।

समूहले उठाएका मागका विषयमा छलफल गर्न दबाब समूहलाई शुक्रबार अर्थ मन्त्रालयले पत्र पठाएको छ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा यही मंसिर २० गते उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिलाई पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्याँकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सात दिनभित्र सुझाव पेश गर्न समय दिइएको छ ।

समूहले पूँजी बजार विरोधी अर्थमन्त्री युवराज खतिवडाको राजीनामा र पूँजी बजारमैत्री व्यक्तित्वलाई अर्थमन्त्री बनाउन, बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन, शेयर दलाल मार्फत तत्काल मार्जिन ट्रेडिङ खुला गर्न माग गरेको छ ।