४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो हारसँगै पोखरा ईपीएलबाट बाहिरियो



अ+ अ-


काठमाडौं । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।चौथो खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग पाँच विकेटले पराजित भएसँगै पोखरा एक बाँकी छँदै बाहिरिएको हो ।

१६६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । केभिन ओब्रिनले उत्कृष्ट ब्याटिङ गर्दे ३५ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ५४ रन बनाए ।

त्यस्तै, काठमाडौंका कप्तान रोहन मुस्तफाले ३१ बलमा सात चौका प्रहार गरि ४० रन बनाए । बलिङतर्फ पोखराका लागि विक्रम सोबले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात राम्रो गरे पनि मध्यम क्रममा ब्यट्सम्यान राम्रोसँग चल्न नसक्दा २० ओभरको क्षतिमा १६५ रन बनाएको थियो ।

पोखराका लागि रिचार्ड लेभीले ३८ रन बनाए । उनले २१ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, पोखराका लागि कप्तान कायल कोएट्जरले ३७ रन बनाए । उनले २५ बलमा ६ चौका प्रहार गरेका थिए । पाउल कौग्लिनले ३७ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान दिएका थिए । बलिङतर्फ काठमाडौंका केभिन ओब्रिन र विक्रम भुसालले समान २–२ विकेट लिएका थिए ।

यसअघि पोखराले आफ्नो पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले पराजित भएको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रिएटससँग आठ विकेटले पराजित भएको पोखरा तेस्रो खेलमा भने विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो ।