२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकहत्तर वर्षमा नागरिकता



अ+ अ-

ओखलढुङ्गा । यहाँको रावादोलुुकी मैयाँ खड्काले ७१ वर्षमा नागरिकता पाउनुभएको छ ।

अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता बनाउन नपाउनुभएकी उहाँले गाउँमै शिविर सञ्चालन पछि नेपाली नागरिकता पाउनुभएको हो । गाउँमै शिविर आएपछि मैयाँले नागरिकता पाएको आफन्त डम्बरबहादुर खड्काले बताउनुभयो । शिविरमा सांसद यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले खड्कालाई नागरिकता हस्तान्तरण गर्नुभएको थियो ।

उहाँजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् । समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयवासीले खुशी भएका थिए । जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिन सञ्चालन भएको सरकारी घुम्ती शिविरमा ५२७ नागरिकले सेवा लिएका प्रजिअ यौपानेले जानकारी दिनुभयो । शिविरमा १३४ ले नागरिकता लिएका र २१६ ले स्वास्थ्य जाँच गराएर औषधि लिएका छन् । यस्तै सात जना व्यवसायीले व्यवसाय दर्ता गराएका र मतदाता नामावलीमा १७० ले अभिलेख दर्ता गराएका छन् । रासस