२१ मंसिर २०८२, आईतवार
,
Latest
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने दाउमा शृंखला



अ+ अ-

काठमाडौं । दरबारमार्ग स्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व सुन्दरी’को १०औं स्थान ओगटेकी श्रृंखला खुल्न थालिन, ‘त्यो त राजनीति मेरो उद्देश्य होइन, यसमा आउने रहर इच्छा दुवै छन् ।’

राजनीतिक पृष्ठभूमिमा हुर्किएकी शृंखलाभित्र ‘विश्व सुन्दरी’को ताज मुलुक भित्र्याउने बलियो आशा थियो । ‘तर दुर्भाग्यवश त्यो सपना पूरा हुन सकेन’, पेशाले आर्टिटेक्ट इन्जिनियर’ शृंखला बुधबार स्वदेश फर्किएकी हुन् ।

‘ताज ल्याउने आत्मविश्वासले दशभित्र अटाएँ तर प्रधानमन्त्री बन्ने सदावहार उमंगबाट हार खाएकी छैन् । त्यो म बनेरै छाड्छु’ विहीबारको रेष्टपछि शुक्रबार पत्रकारमाझ झुल्केकी शृंखलाले अभिनयबारे पनि स्पष्ट सुनाइन्, ‘त्यो क्षेत्रमा लाग्ने कुनै योजना छैन । आजको राजधानी दैनिकमा खबर छ ।