५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाहानमा आगोलागिबाट ६ घर नष्ठ



अ+ अ-

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति आगलागीबाट ६ वटा घर जलेर नष्ठ भएको छ ।

स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुपबाट राति १२ बजेतिर सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर दुई घरका सहिद घुम्टी किराना पसल जलेर नष्ट भएको हो ।

आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदेका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिनुभएको छ ।
गलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् । घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।