१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

महाधिवेशनको तयारी अन्तिम चरणमा

महाधिवेशनको तयारी अन्तिम चरणमा
अ अ+ अ-

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारी ९५ प्रतिशत पूरा भएको र रातिसम्ममा पूर्णरूपमा हुने जानकारी दिनुभएको हो । 

नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन सत्रका लागि स्टेजसहितको तयारी गरिएको छ । भट्टराईले दिउँसो तीन बजेको पत्रकार सम्मेलनमा भन्नुभयो “म बोल्दै गर्दा ९५ प्रतिशत काम सम्पन्न भएका छन् । पाँच प्रतिशत फिनिसिङका काम मात्र बाँकी छ । रातिसम्म सम्पूर्ण काम सकिन्छ ।” उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी सहभागी हुने उहाँको भनाइ थियो । महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माणको कार्य भइरहेको, आवास र खानाको सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । उहाँका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको उहाँले जानकारी दिनुभयो । कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उहाँको भनाइ थियो ।  महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनु हुनेछ । उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने उहाँले जानकारी दिनुभयो । 

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनु हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको सो अवसरमा जानकारी दिइएको थियो । 

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ । मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने उहाँले जानकारी दिनुभयो ।
 
मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । उद्घाटन सत्रका दिन यात्रुवाहक सवारी साधन रोक्ने काम पार्टीका तर्फबाट नहुने उहाँले स्पष्ट पार्नुभयो । 

पार्टीले आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, विधान पास गरिसकेको भन्दै उहाँले भन्नुभयो, “जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गर्ने अब नेकपा एमालेको कार्यदिशा हो ।” नेपालका राजनीतिक दलहरुको इतिहासमा नेकपा एमालेले तय गरेको सबैभन्दा उन्नत र समृद्ध कार्यदिशा भएको उहाँको दावी थियो । उहाँले भन्नुभयो, “अब हामीले त्यता लक्ष्य बनाएका छौँ । यो महाधिवेशनबाट त्यो कार्यदिशामा सम्पूर्ण प्रतिनिधिहरुलाई एकरुपताका साथ हामीले बुझाउने छौँ ।” त्यसबाट प्रशिक्षित भएर कार्यक्षेत्रमा प्रतिनिधिहरु फर्कने उहाँले बताउनुभयो । 

महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उहाँले बताउनुभयो । यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढङ्गले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने सङ्कल्प गरेर फर्कने उहाँको भनाइ थियो । एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरुलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले बताउनुभयो । 
–––