४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

जेसम साहित्य यात्रा भक्तपुरमा

जेसम साहित्य यात्रा भक्तपुरमा
अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय विशेष आकर्षक बनेको थियो । साहित्य यात्रालाई सम्बोधन गर्दै बस्नेतले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको अभियानमा भक्तपुर तीव्ररूपमा नमूना बन्ने गरी लागेको बताउँदै जेसमले यसमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

जेसम यात्राका क्रममा भक्तपुरमा सिर्जना गरिएका कविताको वाचन र चित्रको प्रदर्शनी गर्न सुझाव दिँदै त्यसमा आफूले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्ता कार्यमा लाग्न र सहयोग गर्न आयोजक र स्थानीय सरकारलाई बस्नेतले आग्रह गर्नुभयो । उहाँले आफू पनि नाटक लेखन, अभिनय र कविता लेखनमा विगतमा सक्रिय रहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा कवि फुलमान बल, सुरेश हाँचेकाली, अनन्त वाग्ले, पुष्करराज बुढाथोकी ‘साउँतेली’, रमेश कँडेल, अगिब बनेपाली, बालकृष्ण बस्नेत, सजनी नौवागे लगायतले गाम्चामै तत्काल कविता सिर्जना गरी वाचन गर्नुभयो ।

आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका थिए । कलाकारहरूरु लालकाजी लामा, दीपेन्द्र बनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभास विभिन्न प्राकृति दृश्यहरूलाई उतारेका थिए ।

कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसम साहित्य यात्रा सिर्जना, सौन्दर्य, सामथ्र्य, पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको बताउँदै मौलिक कला, संस्कृति, साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको चर्चा गर्नुभयो । उहाँले धुलिखेलबाट शुरु भएको साहित्य यात्रा नगरकोट हुँदै गाम्चा आइपुगेको र आगामी दिनमा देशका विभिन्न भागमा पुग्ने बताउँदै जेसममा सहभागी हुन स्रष्टा र शुभचिन्तकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका स्रष्टा बुढाथोकीले साहित्य र पत्रकारिता दुवै समाजको ऐना भएको बताउँदै दुवैको उद्देश्य समाज विकास, सुधार र लोकको हित नै भएको बताउनुभयो ।

यात्राका अभियन्ता पत्रकार, कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरुलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफैमा सकारात्मक सन्देश भएको बताउनुभयो । स्थानीयवासी सहदेव न्यौपानेको व्यवस्थापनमा भएको कार्यक्रममा युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकहरुले तीन महीना अघि सिर्जनात्मक यात्राको स्वतःस्फूर्तरूपमा इच्छुक सहभागी सबै यसको सदस्य रहने गरी शुभारम्भ गरेका थिए । रासस