६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयको बिषयमा प्रधानमन्त्री देउवालाई खोज्दै बार बालुवाटारमा



अ+ अ-

काठमाडौं ।  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । बिहीवार नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरेको ‘बालुवाटार न्याय मार्च’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा न्यायालयमा देखिएको समस्याबाट पन्छिन नमिल्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवालाई संवैधानिक दायित्व निर्वाह गर्न पनि आग्रह गर्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुने भन्दै उहाँले संवैधानिक सर्वोच्चता कायम राख्नका लागि कदम चाल्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी अनुरोध गर्न चाहान्छौँ, तपाईँले संवैधानिक दायित्व निर्वाह गर्नुस् । तपाईँ पन्छिने काम नगर्नुस् । तपाईँले हिजोको दिनमा संरक्षण गर्न खोज्नुभएको हो भने यो जनतामाथिको अन्याय हुन्छ । जनतामाथिको अन्याय टुलुटुलु हेरेर बस्ने नेपाल सरकारको काम होईन । व्यवस्थापिकाको काम होईन । यो काम नहोस् । संविधान अनुसारको संवैधानिक सर्वोच्चता कायम राख्नको लागि कदम चालियोस् ।’

त्यस्तै वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको बताउनुभयो । आफुहरु स्वार्थको लागि लडाइँ नलडेको भन्दै उहाँले जनतालाई स्वतन्त्र र निर्भिक रुपमा न्याय प्राप्त गराउने उद्देश्यले आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो स्वार्थको लागि यो लडाइँ होइन, यो हाम्रो जनताको लागि स्वच्छ, स्वतन्त्र र निर्भिक रुपमा न्याय प्रदान होस् भनेर त्यो उद्देश्य हासिल गर्नलाई हामी सबै न्यायकर्मीहरु र पेशाकर्मीहरु आफ्नो आफ्नो आम्दानीको माया मारेर आफ्नो पेशालाई स्थगन गरेर हामी आन्दोलनमा उत्रेको हौँ । यसमा हाम्रो एकयबद्धता रहन्छ । अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले सर्वोच्च अदालत फर्केर प्रधानन्यायाधीश भएर न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको आज यहाँबाट म घोषणा गर्न चाहान्छु ।’

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध भनी निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एसोसिएसनको नेतृत्वमा बिहीवार सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरिएको हो । न्याय मार्चमा नेपाल पत्रकार महासंघ, बृहत नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, आदिवासी, जनजाति महासंघ, नेपाल इञ्जीनियर्स एसोसिएसन लगायतको सहभागिता रहेको थियो ।

मार्चपासमा न्यायालय कि अन्यायालय, संसद खोल चोलेन्द्रलाई महाअभियोग लगाउ, न्याय किनबेच बन्द गर, के संसदको काम सुतिरहने हो, निःशुल्क न्या जनताको अधिकार न्यायालय चाहान्छ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । मार्चपासमा स्वतन्त्र न्यायपालिका कायम गर, विधिको शासन कायम गर, सम्पूर्ण पेशाकर्मी एक हौँ, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भनि नाराबाजी समेत गरिएको थियो । त्यसैगरी न्यायालयमा विकृति, विसंगति भएको विषयलाई समेट्दै संक्षिप्त चेतनामुलक सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।