• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राजधानीमा यस बर्षकै सर्वाधिक चिसो महसुस




काठमाडौं ।सोमबार बिहान देखि राजधानीमा अत्याधिक चिसो महशुस भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ बजे काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस रहेको जनाइएको को छ। यो तापक्रम अहिले सम्मकै सबै भन्दा कम हो ।

हिजो काठमाडौंको उपत्यकामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो। मैसमको परिर्बतन सँगै तराईमा हुस्सु र हिमाली जिल्लामा हिउ पर्नुका साथै पानी जम्‍न थालेको छ। हिमाल पारीका जिल्ला मनाङमा रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।

सोमबार जुम्लाको तापक्रम पनि आज माइनस ६ दशमलव ४ डिग्री रहेसँगै जिरीको तापक्रम माइनस ३, जोमसोमको शून्य र काठमाडौंको ३ डिग्री मापन गरिएको छ ।