१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमाले महाधिवेशन: स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

एमाले महाधिवेशन:  स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश
अ अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताउनुभयो । “कोभिडको समय भएकाले सबै प्रतिनिधिको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्छौँ”, पौडेलले भन्नुभयो, “बन्दसत्र हल नजिकै कोरोना परीक्षण गर्ने एन्टिजेन किट तथा अन्य प्रयोगशालासहित फार्मेसी सेवा प्रदान गर्दैछौँ ।” 

महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताउनुभयो । “बन्दसत्रस्थल सौराहामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहनेछ”, पौडेलले भन्नुभयो, “त्यहाँ परिचालन भएको चिकित्सकसहितको टोलीले उपचार गर्नेछ र थप उपचार गर्नुपर्ने भएमा हामीले तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पु-याउने व्यवस्थासमेत गरेका छौँ ।” बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै आज शुक्रबार हुने एमाले महाधिवेशनको उद्घाटन सत्रमा हरेक -यालीसँगै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन हुने उहाँले बताउनुभयो । महाधिवेशनका लागि विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, फर्मासिस्टसहित ३०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलको भनाइ छ । त्यस्तै महाधिवेशन उद्घाटनस्थलको छेउमा एउटा र अर्को उद्योग वाणिज्य सङ्घ चितवनको नजिक गरी दुईवटा औषधोपचारस्थल निर्माण गरिएको जनाउँदै पौडेलले नदी किनारमा दुई एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने बताउनुभयो ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजे नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ । 

कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित 

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । “यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

मङ्सिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ । प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दासमेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।रासस