१४ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या १ सय ९२ पुग्यो, ३० जना बेपत्ता सिधा कुरा प्रकरण : कता बहकियो आदेश ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनको आडमा नक्कली नागरिकता बनाउने गिरोह प्रकाउ



अ+ अ-

धनुषा । प्रहरीले प्रशासनको आडमा नक्कली नागरिकता, राहदानीलगायतको किर्ते कागज बनाउने गिरोह पत्ता लगाएको छ ।

गएको बिहीबार जनकपुर उपमहानगरपालिका –२०, रुपैठाका ३१ वर्षीय रोशन चौधरीको डेरामा प्रहरीले खानतलासी गर्दा ठूलो परिमाणमा नक्कली नागरिकता, राहदानी, मृत्यु दर्ता, बसाइसराई प्रमाणपत्र तथा जिल्ला प्रशासनको छाप लगाएता सरकारी कागजात बरामद गरेको थियो ।

त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहायक जनकपुर उपमहानगरपालिका–४, का ४२ वर्षका महावीर मण्डल, जनकपुर उपमहानगरपालिका –४,का हेमन्तकुमार पाण्डे र धनुषाको औरही गाउँपालिका –५ का वडा सदस्य गंगा साहलाई समेत पक्राउ गरिएर शुक्रबार सार्वजनिक गरेको थियो ।

उनीहरुलाई सार्वजनिक गरेको एकसाता नबित्दै उहि गिरोहका र नक्कली नागरिकता राहदानीलगायत बनाउनमा संलग्न रहेको आशंकामा जिल्ला प्रशासन कार्यालय धनुषाकै तीनजना कर्मचारी पक्राउ परेका छन् ।

आसंकाको आधारमा नायव सुब्बा भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो छ ।