७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

देशभरका शिक्षाविद् बुटवलमा

देशभरका शिक्षाविद् बुटवलमा
अ+ अ-

खस्यौली । बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

यस जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको दाबी गरिएको छ ।

सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न यस्तो शैक्षिक सङ्गोष्ठीको तयारी भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले जानकारी दिनुभयो ।

स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९–१२ को सीपमूलक विषयलाई समेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्ने छ । उपमहानगरपालिकाले नगर शिक्षा योजना निर्माण गर्नेदेखि मावि तहको सीपमूलक विषय, स्थानीय तहको पाठ्यक्रम बनाउन विज्ञहरुको समिति पनि गठन भइसकेको प्रमुख सुवेदीले बताउनुभयो ।

‘‘शिक्षक, प्रध्यापक, इञ्जिनीयर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा नै हो’’ प्रमुख सुवेदीले भन्नुभयो, “विज्ञान, खोज, अनुसन्धानका साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यवसायीकरणको बाटा र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्ने छ ।” यस्का लागि विज्ञहरुको समिति गठन भइसकेको छ ।

शिक्षाविद् रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमानसिंह शाक्य, रामकृष्ण पछाइँ, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत रहनुभएको छ । यस्तो कार्यदलका सदस्य सचिव तथा शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले समितिले काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी उपसमिति, सीपसँग सम्बन्धी कार्यपत्र निर्माण उपसमितिसमेत गठन भइसकेको शिक्षा महाशाखा उपसचिव पन्थीले जानकारी दिनुभयो । यी समितिले तीन महीनाभित्रमा सबै काम सक्नेछन् । सीपयुक्त र दक्षशक्तिको जगबाट नै बुटवलको समृद्धि हुने सबैको ठहर रहेकोले शैक्षिक सङ्गोष्ठी प्रभावकारी हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल बताउनुहुन्छ ।
नगर शिक्षा योजना कार्यदल
बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ । विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल विसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहनुभएको शिक्षा महाशाखा प्रमुख पन्थीले बताउनुभयो ।
यो उपसमितिले कान्ति माविमा रहेको स्रोत केन्द्रको भवनमा कार्यालयसमेत स्थापना गरेर काम शुरु गरिसकेको छ । सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ । उक्त समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टीकाराम न्यौपाने, धनीश्वर गौतम, रुद्रलाल उपाध्याय र मोतिराज पौडेल रहनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरपालिका भरमा रहेका संस्थागत र सामुदायिक विद्यालयमा एउटै पोशाक बनाउने तयरी गरेको छ । शैक्षिकस्तरको न्यूनतम मापदण्डसमेत तोकेर सबै विद्यालयमा शिक्षक र विद्यार्थीको पोशाक एकै खालको बनाउने गरी तयारी गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकामा सामुदायिक विद्यायलको संख्या ३८ रहेको छ । यहाँ बालविकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र, मदरसा, गुरुकुलसमेत सञ्चालित छन् । यस्तै विभिन्न तहका कक्षा सञ्चालन गर्ने संस्थागत विद्यालयको सङ्ख्या ५८ रहेको छ । सामुदायिक र संस्थागत विद्यालयमा सिकाइ केन्द्रदेखि कक्षा १२ सम्मका कुल विद्यार्थीको सङ्ख्या ५७ हजार ५०० सात रहेको छ । रासस