१४ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या १ सय ९२ पुग्यो, ३० जना बेपत्ता सिधा कुरा प्रकरण : कता बहकियो आदेश ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीमा आठ आतङ्ककारी मारिए



अ+ अ-

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् ।

यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

फर्याब प्रान्तको ख्वाजामा आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले भिषण सैन्य कारबाही गरिरहेको छ ।

सेनाका सूचना अधिकृत गुलाम हजरत कारिमीले उक्त प्रान्तमा सैन्य कारबाही अझै जारी रहेको बताउनुभयो । यस कारबाहीका सम्बन्धमा विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

सरकारी सुरक्षा बलसँग युद्धरत तालिबान लडाकू समूहले कुनै टिप्पणी गरेका छैनन् । रासस