१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिने



अ+ अ-


काठमाडौँ । नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिनेभएको छ । समितिले आज बोलाइएको बैठकमा मस्यौदालाई अन्तिम रुप दिंदै पेश गर्ने तयारी गरेको छ । मस्यौदा समितिले सभापतिसहित ९ पदाधिकारी राख्न सहमति जनाएपनि निर्वाचन पद्धतिबारे अझै सहमतिका सकेको छैन ।

बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनको छलफल चलिरहेपनि अरु विवादित विषयमा सहमति हुन सकेको छैन । बिबादित बिषयलाई टुङगोमा लैजान उपसभापति, महामन्त्री र सहमहामन्त्री २ २ जना राखेर सहमतिको प्रयास भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वाचित हुनुपर्ने अडान राखेका छन् । यसले गर्दा दुर्इपक्षबीच मत भिन्नता कायमै रहेकाले मस्यौदालाई अन्तिम रुप दिन नसकेको बताईएको छ ।