२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार बन्धु पुरस्कृत



अ+ अ-

काठमाडौँ –  तुलसीमान श्रेष्ठ स्मृति समाजले ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’ डा चूडामणि बन्धुलाई प्रदान गरेको छ ।

श्रेष्ठको दोस्रो स्मृतिसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्यको विकासमा योगदान पु¥याएवापत बन्धुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले पुरस्कार प्रदान गर्दै विविधताले भरिएको समाजमा एकता र आपसी सद्भाव कायम गर्न साहित्यको महत्व रहेको बताउनुभयो ।

उहाँले नेपाली लोक साहित्य बारेमा गहिरो अनुसन्धान गर्नुभएका श्रेष्ठको स्मृतिमा स्थापित समाजले मैथिली, भोजपुरी, जनजातिलगायतका लोक संस्कृति र साहित्यको खोजी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले श्रेष्ठले ग्रामीण समाजको लोकबाजा, परम्परा र संस्कृतिलाई देश विदेशमा प्रवद्र्धन गरेको जानकारी गराउनुभयो ।

समाजका अध्यक्ष सिताराम अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान गरेका तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील स्रष्टालाई संस्थाले सम्मान गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा श्रेष्ठले तयार गर्नुभएको ‘अधकल्चो जीवन’ कृति विमोचन गरिएको थियो । विसं २००९ मा गोरखामा जन्मनुभएका श्रेष्ठ शिक्षक र समाजसेवी हुनुहुन्थ्यो ।