९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक पत्रिका वर्गीकरणमा सरल मापदण्ड



अ+ अ-

काठमाडौँ – प्रेस काउन्सिल नेपालले साहित्यिक पत्रपत्रिकाको वर्गीकरण सरल बनाउन बेग्लै मूल्याङ्कन मापदण्ड तयार गरेको छ ।

काउन्सिलले आज मापदण्डको मस्यौदामा नेपाल साहित्यिक पत्रकार सङ्घका पदाधिकारी र वरिष्ठ साहित्यिक पत्रकारसँग गरेको छलफलमा मूलधारका पत्रपत्रिकाभन्दा साहित्यिक पत्रपत्रिका विशेष प्रकृतिका हुने भएकाले फरक मापदण्ड ल्याएको जनाएको छ ।

लामो समयदेखि भाषा, साहित्य, संस्कृति, सङ्गीत र कला क्षेत्रलाई पत्रकारिताका माध्यमबाट योगदान दिने र नियमित प्रकाशन हुने मासिक, त्रैमासिक साहित्यिक पत्रिकालाई झञ्झट नहुने खालको मापदण्ड तयार गरिएको हो ।

त्यस्ता पत्रिकालाई वर्गीकरणका क्रममा दिइने अङ्कहरु अन्य पत्रिकाको तुलनामा बढी हुने प्रकारले मापदण्ड तयार गरिएको काउन्सिलका सञ्चालक सदस्य चेतनाथ धमलाले जानकारी दिनुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माले साहित्यिक विधाका पत्रिकालाई प्रस्तावित मापदण्डले प्रोत्साहन मिल्ने र यसको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

काउन्सिलका सदस्य गोपाल बुढाथोकीले आफ्नो गोजीको खर्चबाट पत्रिका निकालेर भाषा, साहित्यमा योगदान गरिरहेका पत्रपत्रिकालाई विशेष सहुलियत दिन विद्यमान ऐन, कानून संशोधन गर्नुपर्ने भएमा पनि आफूहरुले सक्दो पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मधूपर्क, गरिमा, रचना, अभिव्यक्ति, जनमत, दायित्वजस्ता साहित्यिक पत्रिका सरकारी र निजीस्तरबाट विगत लामो समयदेखि नियमित प्रकाशित छन् । पत्रकारिताको थालनीको समयमा र पञ्चायतकालमा साहित्यिक पत्रिकाले पाठकका लागि अध्ययनका मुख्य आधार हुने गरेका थिए ।