४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

ओलीमाथि खनिए बामदेव !

ओलीमाथि खनिए बामदेव !
अ+ अ-

काठमाडौँ । नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुुष्पकमल दाहालको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैलीले सरकार र पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरूले दिएका छन् ।
पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरूले नेतृत्वप्रति आक्रोशै आक्रोश पोखेका हुन् । अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन आफ्ना गल्ती ढाकछोप गर्ने प्रयोजनले मात्र आएको र यथार्थमा आधारित नभएको उनीहरूको आरोप छ ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बैठक सुरु गर्दै सदस्यलाई समय दिएपछि सोमबार सुरुमै नेता वामदेव गौतम बोलेका थिए । ओलीले आइतबार पार्टी कार्यालयमा दिएको अभिव्यक्तिबाट झनै आक्रोशित गौतमले संविधान संशोधन गरेर ‘दुइटै प्रधानमन्त्री बन्ने’ प्रावधान राख्न चुनौती दिए ।

पार्टीमा उठाएका विषयलाई ‘मजाक गर्ने ?’ भन्दै आक्रामक बने । ‘मलाई व्यंग्य गर्दै संविधानमा भएदेखि दुइटा प्रधानमन्त्री हुन्थ्यौं भन्ने ? मजाक गर्ने रु मजाकमा उत्तर दिने ?’ गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंसँग दुई तिहाइ छ, संविधान संशोधन गरेर राख्नुस् न दुइटै प्रधानमन्त्रीको प्रावधान ।’

गौतमले शनिबारको बैठकमा एक व्यक्ति एक पदको अवाधारणा लागू गर्नुपर्ने भन्दै ओलीले लिइरहेको अध्यक्षको अधिकार दाहालमा हस्तान्तरण गर्नुपर्ने खालको प्रस्ताव पेस गरेका थिए । ओलीको कार्यशैलीको विरोध गर्दै १६ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गौतमको यो शैलीले रुष्ट बनेका ओलीले आइतबारपार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षहरूबीच फाटो ल्याउने षड्यन्त्र भएको उल्लेख गर्दै ‘संविधानले मिल्ने भए दुइटा प्रधानमन्त्री हुन्थ्यौं, विरोधीलाई देखाइदिन्थ्यौं’ भनेका थिए ।

गौतमले योजनाबद्ध ढंगले आफ्नो चरित्रहत्या गर्न थालेको आरोप ओलीमाथि लगाए । ‘मैले तपाईंलाई नै सहयोग गरेको हो तर मेराबारेमा सिस्टमेटिकल्ली चरित्रहत्या भयो,’ गौतमले बैठकमा भने, ‘त्यसैले मैले समर्थन गरिरहन सकिनँ ।’ बर्दियामा चुनाव हारेको र पछिल्लो समयमा अर्को कुनै स्थानबाट उठेर प्रतिनिधिसभामा जाने आफ्नो प्रयासबारे पनि उनले धारणा राखे ।

बर्दियामा अन्तरघात गर्नेहरूलाई स्थानीय पार्टी कमिटीमा जिम्मेवारी दिनुले योजनाबद्ध रूपमा हराइएको पुष्टि भइरहेको उनको भनाइ थियो । उपचुनाव गराएर प्रतिनिधिसभामा जाने विषय ओलीकै समर्थनमा उठेको र पार्टीकै निर्णयअनुसार आफू अघि बढेको तर काठमाडौं ७ को कुरा आएपछि आफ्नो चरित्रहत्या गरिएको उनले उल्लेख गरे ।

‘म चुनावमा उठ्ने कुरा पार्टीकै सहमतिमा आएको होइन रु पछि रामवीरको कुरा आएपछि उल्टै मलाई चरित्रहत्या गर्न खोजियो, भारतले उचालेको भनियो,’ गौतमले भने, ‘अति भएपछि मैले पनि जवाफ दिनुपर्छ भनेर म बोलेको हुँ ।’

सुरुमै गौतमले चर्को असन्तुष्टि व्यक्त गरेपछि त्यसपछि बोल्ने नेताहरू पनि नेतृत्वप्रति खनिए । घनश्याम भुसालले ओली सिद्धान्तबाट विचलित र विशुद्ध गुटबन्दीको शैलीमा अघि बढेको भन्दै सक्ने भए आफूलाई कारबाही गरेर देखाउन चुनौती दिए । ‘थुक, रगत, खकार, वीर्य टेस्ट गरेरमेरो गुटको हो कि होइन भनेर पार्टीभित्र छुट्याउनुहुन्छ, यसैगरी गुटबन्दी गरिराख्ने हो ?’ उनले भने, ‘तपार्इं कसैको गुटको मात्र नेता हो भने म तपाईंलाई मान्दिनँ, म खड्ग ओलीबाट शासित हुन्न, निन्दा गर्छु । सक्नुहुन्छ भने मलाई कारबाही गर्नुहोस् ।’

प्रदेश कमिटी, स्थानीय तहलगायत कमिटी बनाउँदा तीव्र गुटबन्दी गरेको उनको आरोप थियो । ओली र दाहालको प्रतिवेदनको पनि विरोध गरे । ‘सिद्धान्तलाई मान्नुहुन्न, बौद्धिकहरूलाई थला पार्छु भन्नुहुन्छ, बुद्धले कति पढेका थिए र भन्दै हिँड्नुहुन्छ,’ भुसालले भने, ‘तपार्इंमाथि योग्यताको प्रश्न उठ्छ ।’

दुवै नेताको प्रतिवेदन आत्मप्रशंसाले मात्र भरिएको कुनै सैद्धान्तिक राजनीतिक आधार नभएको उनको टिप्पणी थियो । अहिलेको समस्या, चुनौती र तिनको सामना गर्ने विधि समेटेर प्रतिवेदन आउनुपर्नेमा त्यसलाई छुँदै नछोएको उनलेउल्लेख गरे ।

नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टी संगठन भत्कँदै र कमजोर बन्दै गएको उल्लेख गर्दै यसमा नेतृत्व प्रमुख जिम्मेवार रहेको आरोप लगाए । एकता प्रक्रियामा दोहोरो तेहेरो मापदण्ड अपनाइएकोमा आपत्ति जनाए । सचिवालयका नाममा भइरहेका निर्णय गलत रहेको बताए ।

तत्कालीन एमालेमा ओली अध्यक्ष बन्दा त्यही समूहमा रहेका नेता मुकुन्द न्यौपानले समेत ओलीकै विरोध गरे । उनले यस्तो तरिकाले पार्टी र सरकार चल्न नसक्ने उल्लेख गरे । पार्टीभित्र नातावाद र गुटबन्दी हावी भएको न्यौपानेको आरोप थियो ।

विभिन्न कथाहरूको उदाहरण दिँदै उनले सरकार र अध्यक्षहरूको कायैशैलीमाथि प्रश्न गरे । अध्यक्षले ल्याएको प्रतिवेदन यता न उताको जस्तो भन्दै आपत्ति जनाए । अर्थमन्त्रीप्रति व्यंग्य गर्दै उनका कारण पनि सरकार बदनाम भइरहेको आरोप लगाए ।

‘बुद्धिजीवी दुई प्रकारका हुन्छन्, एउटा अग्र्यानिक र अर्को रासायनिक । अग्र्यानिक जनताबाट आएको हुन्छ, रासायनिक सिधै माथिबाट आएको हुन्छ,’ उनले भने, ‘अहिलेका अर्थमन्त्री रासायनिक बुद्धिजीवी हुन्, रासायनिक मलले माटो बिगारेजस्तै सरकारलाई बिगारिरहेका छन् ।’

माओवादी धारका अग्नि सापकोटा, हरिबोल गजुरेल, गणेश साह र मन्त्रीसमेत रहेका शक्ति बस्नेतले बोलेका पनि थिए । उनीहरूले पनि सरकार र पार्टी कामप्रति असन्तुष्टि जनाए । ‘पार्टीको संगठन र सरकारको तरिका जस्तो र जता जाँदै छ त्यो ठीक भएन,’ सापकोटाले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, ती पूरा भएनन् ।’ गजुरेलले एकता प्रक्रिया ढिलो भइरहेको र यसमा गुटबन्दी हावी भएको आरोप लगाए । वनमन्त्री बस्नेतले सरकार र पार्टीबीचको सम्बन्ध टुटेको बताए । गणेश साहले सरकार जनपक्षीय र समाजवादी नभएको टिप्पणी गरे ।

१० जना नेताले बोलेपछि अध्यक्ष ओलीले बैठक समापन गर्ने क्रममा बौद्धिक जमातमाथि यसअघि आफूले गरेको टिप्पणीको स्पष्टीकरण दिए । ‘म ज्ञान, परम्परा र बुद्धिजीवीविरोधी होइन,’ उनले भने, ‘केही गणतन्त्रविरोधी बुद्धिजीवीको कुरा गरेको हो, तिनका विरुद्ध भनेको हो ।’ यति भनेर उनले बैठक समापन गरे, अन्य कुरा बोलेनन् । मंगलबार पनि बैठकमा बाँकी सदस्यले बोलेपछि अध्यक्षले जवाफ दिनेछन् । आजको कान्तीपुर दैनिकमा खबर छ ।