१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो: प्रमुख आयुक्त राई

अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो:  प्रमुख आयुक्त राई
अ अ+ अ-

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “अख्तियारले भ्रष्टाचार र अनियमितताका विभिन्न कारण खुलाउँदै सरकारलाई कार्यान्वयन गर्न सुझाव दिएको छ, तर कार्यान्वयन हुनसकेको छैन ।” मुलुकका एक हजार ७७० रुग्ण आयोजनाको अध्ययन, अनुसन्धान भई अहिले सम्पन्न हुने अवस्थामा पुग्दा त्यसको सकरात्मक प्रभाव परेको जिकिर गर्दैै प्रमुख आयुक्त राईले पछिल्लो समयमा स्थानीय तहका उजुरी बढेको बताउनुभयो । शिक्षा, भूमि व्यवस्था, वन तथा वातावरणलगायत क्षेत्रमा बढी उजुरी परेको उहाँको भनाइ थियो ।

विभिन्न आयोजनामा ठेक्का लगाउने निकायले निरन्तर अनुगमन गर्न सुझाउँदै प्रमुख आयुक्त राईले फितलो अनुगमनका कारण बेलैमा कुनै पनि योजना सम्पन्न नहुने र त्यसले विकास प्रभावित हुँदै गएको जनाउनुभयो । सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा ध्यान पु¥याउन आग्रह गर्दै उहाँले अख्तियारले जवाफ माग्दा जवाफ नदिने कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

उक्त समारोहमा आयोगका सचिव तोयम रायाले आयोगले सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००३ मा पक्ष राष्ट्र भएर नेपालले हस्ताक्षर गरेकाले नेपालको छवि गुमाउन नहुने गरी काम गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सदाचारिता र इमान्दारिता हरेक व्यक्तिको सम्पत्ति भएकाले यसलाई शिरमा राखेर कर्मचारीले आफ्नो तहको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मुलुकमा सङ्घीयता आएपछि गणतन्त्र संस्थागत हुँदै गएको बताउनुभयो । कर्मचारीलाई जनमुखी र उत्तरदायी भएर काम गरे सुशासन कायम हुने तर्क गर्दै प्रजिअ रिजालले अहिले सुर्खेतको मालपोत, यातायात व्यवस्था कार्यालयलगायमा सुशासन कायम हुँदै गएको बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका कार्यालय प्रमुख अमरबहादुर थापाले अख्तियार सुर्खेतको कार्यालय दुई हजार ४०० वर्गमिटर क्षेत्रफलमा रु नौ करोड ३१ लाख ८७ हजार ५७० लागतमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । विसं २०७५ जेठ २ गते भवन निर्माण सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने जिम्मा लिएको आशीष–हाम्रो जेभीले कोरोना महामारीका कारण विसं २०७८ असार ३१ सम्पन्न गरेको कार्यालय प्रमुखले थापाले जनाउनुभयो । रासस