• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

श्रीमतीलाई जबरजस्ती गरेको आरोपमा श्रीमान पक्राउ




रौतहट । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले आफुलाई श्रीमानले जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका हुन् । उक्त उजुरीको आधारमा प्रहरीले चन्द्रपुर–५ उनका श्रीमानलाई पक्राउ गरेको हो ।

३३ वर्षीया ती महिलाई ईच्छा विपरीत गत मंसिर २८ गते पतिले राति मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति करणी गरेको आरोप लगाउदै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी हुन् ।

महिलाका श्रीमानलाई प्रहरीले सोमबार जबरजस्ति करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ मा बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने बेबस्था गरिएको छ ।