२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री गिरीले लेखे मृत्यु पुर्ब यस्तो मार्मिक पत्र, दाहस संस्कार अरुको भन्दा फरक



अ+ अ-


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले तोपको सलामी अर्पण नगर्ने भएको छ । गिरीको दाहस संस्कार सरकारले अरु भन्दा फरक किसिमले गर्न लागेको हो ।

देशका भीआइपीको मृत्यु हुदा सरकारले सार्वजनिक बिदा र सम्मान स्वरुप तोपको सलामी अर्पण गर्ने गरेको भएपनि गिरीको परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीका गरेका हुन् । परिवारको आग्रहमा गिरीको पार्थिक शरीरलाई सर्वसाधारण नागरिककै जसरी अन्त्येष्टि गरिन लागेको हो।

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीका अनुसार – ‘सलामी दिनेबारे हामीलाई सोधनी भएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’

डा.गिरीले मृत्युपूर्व नै विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेकोले आफ्नो अन्त्येष्टि पनि साधारण किसिमले नै गर्नु भनेर लेखेर दिएको सामान्य किसिमले नै गर्न लागेको परिवार स्रोतले बताएको हो ।

पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।