२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकामा पदाधिकारी विवाद सुल्झियाे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको नेताहरूले बताएका छन् ।

महासमिति बैठकमा विधान प्रस्तुत नभएको भन्दै विवाद चर्किएपछि  विधानमा सहमति गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार साँझ बसेको बैठकले सहमति जुटाएको हो।

उपसभापति बिमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी बैठकले विधानमा सहमति गरेको हो।

सहमति अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री दुई, सहमहामन्त्री निर्वाचित हुनेछन् भने एक कोषध्यक्ष एक प्रवक्ता मनोनित हुने नेता निधीले अन्नपूर्णलाई जानकारी दिए।

विधानमा विवाद हुँदा कांग्रेस महासमिति बैठक शुक्रबारसम्म लम्बिएको छ। बिहीबार र शुक्रबारको बैठक पार्टी कार्यालय सानेपामा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मंगलबार साँझ नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले बैठक लम्बिएको जानकारी दिएका हुन्। ‘बैठकमा बुधबार विधान मस्यौदा पेश हुन्छ’, प्रवक्ता शर्माले भने, ‘आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ। विधान छापिन समय लाग्ने भएकाले बैठक लम्बिएको हो।’

बैठकमा बोल्ने अधिकांश नेताले पार्टी सभापतिसहित शीर्ष नेताको तिब्र आलोचना गरेका छन्। उनीहरुले पार्टीमा सुधार आवश्यक भएपनि त्यसको महसुस शीर्ष नेतृत्वले गर्न नसकेकोप्रति आपत्ति जनाएका हुन्।

बैठकमा सभापति शेरबहादुर देउवाको राजीनामा माग भएको छ। उदयपुरका महासमिति सदस्य रामबहादुर खड्काले सभापति देउवाको राजनीनामा माग गरेका हुन्।

मंगलबार बिहानको बैठकमा पार्टीका शीर्ष नेताले विधानमा सहमति नगरे पार्टीलाई विशेष महाधिवेशनमा लानसमेत माग गरे। बैठकमा माइक खोसाखोस हुँदा मंगलबारको बैठक केही घण्टाका लागि अवरुद्ध भएको थियो।