• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु



फाईल फोटो

झापा । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ । 

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो । रासस