![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । स्कुटरको पछाडि सवार श्रेष्ठकी आमा भगवती श्रेष्ठ घाइते हुनुभएको छ । पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस