• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

काठमाडौँमा ४ बर्ष पछि मनोरेल सरररर, रेलको जस भने विद्या सुन्दरले नपाउने



 

काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।

मोनो रेलको डीपीआर तयार पार्ने जिम्मा चिन सरकार अन्र्तगत रहेको चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेडलाई एक खर्ब १६ अर्ब रकममा दिइएको हो ।

बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनीको टोलि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्नुपर्ने सम्झैता पत्रमा उल्लेख गरिएको छ ।

मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको यस अगिनै दावी गरिसकेको छ । डिपिआर तयार भएको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । काममा कुनैपनि अबरोध नआए निर्माण पुरा हुन करीब ४ वर्ष समय लाग्ने महानगरपालिकाले जनाएको छ । तर चिनियाँ रेल्वे अधिकारीले ५ वर्ष डीपीआर सहित ५ वर्ष समय लाग्ने बताएका छन् ।

बिध्या शुन्दर शाक्यले कार्यकाल सम्हालेको २१ महिना पुरा भएको कारण उनको कार्यकालमा भने काठमाडौँमा मनोरेल नगुड्ने अबस्थाको सृजना भएको हो ।