• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई

श्रीमानको सहयोगमा ससुराले बुहारीलाई बलात्कार गरेपछि………



भारतको मध्यप्रदेशमा एउटा गाउँको नाम हो बाजारिया । यो जूनमा त्यहाँ २० वर्षकी सिता (परिवर्तित नाम) को विवाह श्याम (परिवर्तित नाम) युवकसँग भयो । विवाहलगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थिए । तर उनी सहेर चुप बसिन् । एक दिन सितालाई घरमा एक्लो देखेर ससुराले बलात्कार गरे । राधाले यसबारे सासु र श्रीमानलाई बताइन् । मद्दत पाउनुको साटो यी दुईले उल्टै सितालाई नै तथानाम गाली गरे । उनकी सासुले यसबारे कसैलाई पनि खबर नगर्नु गरेमा नराम्रो हुने चेतावनी दिइन् । यता श्रीमान् श्यामले यदि राधा उक्त मेरो घरमा बस्ने हो भने मेरो बुवाले गरेको सबै सहनु पर्ने बताए ।

आफ्नो कुरा घरका कसैले नबुझेपछि सिताले माइतीलाई यसबारे आफ्नी आमासँग कुरा गर्दै गर्दा उनका श्रीमानले सबै सुने । त्यो दिन बाट उनका नराम्रा दिन सुरु भए त्यसपछि श्यामले सितालाई यातना दिन सुरु गरे । श्यामले सिताको फोन फुटाइदिए र उनलाई निकै कुटे । सिता त्यसपछि आफ्नो माइती गइन् । उनी यति विक्षिप्त भइसकेकी थिइन् कि उनले पंखामा झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि सिताले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । तर उनले सिताको कुरा भने सुनेनन् । आत्महत्या गर्न चाहेको हो भने गर्न सक्छौ भनेर फोन काटिदिए ।

सिता नरसिंहपुरमा थिइन् । उनको मृत्युपछि उनका आमा–बुवाको बयान लिइयो । उनका ससुरामाथि बलात्कारको मुद्दा दर्ता भयो र सासु र श्रीमानमाथि आत्महत्याका लागि उक्साएको आरोप दर्ता भयो ।