८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

रासिद खानले बनाए विश्व कीर्तिमान

रासिद खानले बनाए विश्व कीर्तिमान
अ+ अ-

काठमाडौँ । अफगानिस्तानका कप्तान राशिद खान एक ठूला खेलका खेलाडी हुन् भन्ने मंगलबार टी–२० विश्वकप २०२४ को सुपर–८ राउन्डको अन्तिम खेलमा यसलाई राम्रोसँग प्रमाणित गरे ।

बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा राशिद खानले चार ओभरमा २३ रन दिएर चार विकेट लिएका थिए । योसँगै अफगानिस्तान पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस क्रममा राशिद खानले आफ्नो नाममा विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका लेग स्पिनर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने बलर बनेका छन् ।

राशिद खानले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको ९२औं खेलमा १५० विकेटको आँकडा पार गरे । उनले ११८ खेलमा १५० विकेट लिने न्युजिल्यान्डका दिग्गज फास्ट बलर टिम साउथीको कीर्तिमान तोडे ।

यस बाहेक राशिद खानले १५० विकेट पूरा गरेर बंगलादेशका अनुभवी अलराउन्डर शकिब अल हसनलाई पनि पछि पारेका छन् । रासिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो स्थानमा पुगेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान अहिले पनि टिम साउथीको नाममा छ । शाकिब अल हसन १४९ विकेट लिएर तेस्रो स्थानमा झरेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटः
१६४ – टिम साउथी (१२३ इनिङ्स)
१५० – राशिद खान (९२ इनिङ्स)
१४९ (शकिब अल हसन (१२६ इनिङ्स)
१३८ – इश सोधी (११२ इनिङ्स)