२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासिद खानले बनाए विश्व कीर्तिमान



अ+ अ-

काठमाडौँ । अफगानिस्तानका कप्तान राशिद खान एक ठूला खेलका खेलाडी हुन् भन्ने मंगलबार टी–२० विश्वकप २०२४ को सुपर–८ राउन्डको अन्तिम खेलमा यसलाई राम्रोसँग प्रमाणित गरे ।

बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा राशिद खानले चार ओभरमा २३ रन दिएर चार विकेट लिएका थिए । योसँगै अफगानिस्तान पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस क्रममा राशिद खानले आफ्नो नाममा विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका लेग स्पिनर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने बलर बनेका छन् ।

राशिद खानले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको ९२औं खेलमा १५० विकेटको आँकडा पार गरे । उनले ११८ खेलमा १५० विकेट लिने न्युजिल्यान्डका दिग्गज फास्ट बलर टिम साउथीको कीर्तिमान तोडे ।

यस बाहेक राशिद खानले १५० विकेट पूरा गरेर बंगलादेशका अनुभवी अलराउन्डर शकिब अल हसनलाई पनि पछि पारेका छन् । रासिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो स्थानमा पुगेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान अहिले पनि टिम साउथीको नाममा छ । शाकिब अल हसन १४९ विकेट लिएर तेस्रो स्थानमा झरेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटः
१६४ – टिम साउथी (१२३ इनिङ्स)
१५० – राशिद खान (९२ इनिङ्स)
१४९ (शकिब अल हसन (१२६ इनिङ्स)
१३८ – इश सोधी (११२ इनिङ्स)