२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको सहयोगमा ससुराले बुहारीलाई बलात्कार गरेपछि………



अ+ अ-

भारतको मध्यप्रदेशमा एउटा गाउँको नाम हो बाजारिया । यो जूनमा त्यहाँ २० वर्षकी सिता (परिवर्तित नाम) को विवाह श्याम (परिवर्तित नाम) युवकसँग भयो । विवाहलगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थिए । तर उनी सहेर चुप बसिन् । एक दिन सितालाई घरमा एक्लो देखेर ससुराले बलात्कार गरे । राधाले यसबारे सासु र श्रीमानलाई बताइन् । मद्दत पाउनुको साटो यी दुईले उल्टै सितालाई नै तथानाम गाली गरे । उनकी सासुले यसबारे कसैलाई पनि खबर नगर्नु गरेमा नराम्रो हुने चेतावनी दिइन् । यता श्रीमान् श्यामले यदि राधा उक्त मेरो घरमा बस्ने हो भने मेरो बुवाले गरेको सबै सहनु पर्ने बताए ।

आफ्नो कुरा घरका कसैले नबुझेपछि सिताले माइतीलाई यसबारे आफ्नी आमासँग कुरा गर्दै गर्दा उनका श्रीमानले सबै सुने । त्यो दिन बाट उनका नराम्रा दिन सुरु भए त्यसपछि श्यामले सितालाई यातना दिन सुरु गरे । श्यामले सिताको फोन फुटाइदिए र उनलाई निकै कुटे । सिता त्यसपछि आफ्नो माइती गइन् । उनी यति विक्षिप्त भइसकेकी थिइन् कि उनले पंखामा झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि सिताले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । तर उनले सिताको कुरा भने सुनेनन् । आत्महत्या गर्न चाहेको हो भने गर्न सक्छौ भनेर फोन काटिदिए ।

सिता नरसिंहपुरमा थिइन् । उनको मृत्युपछि उनका आमा–बुवाको बयान लिइयो । उनका ससुरामाथि बलात्कारको मुद्दा दर्ता भयो र सासु र श्रीमानमाथि आत्महत्याका लागि उक्साएको आरोप दर्ता भयो ।