८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अन्जु पन्तकाे सामाजिक कार्य, सेवा घरमा न्यानाे कपडा बाँड्दा भइन् भावुक

अन्जु पन्तकाे सामाजिक कार्य, सेवा घरमा न्यानाे कपडा बाँड्दा भइन् भावुक
अ+ अ-

भक्तपुर– लोकप्रिय एवं व्यस्त गायिका अन्जु पन्तले भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं. ७ मा रहेको मानव कल्याण सेवा घरमा अनाथ, गरिब एवं असहाय परिवारका लागि न्यानो कपडा वितरण गर्नुभएकाे छ ।

त्यस अवसरमा सेवा घरमा रहेका ३५ अनाथ तथा असहाय व्यक्तिलाई ब्लाङ्केट वितरण गरिएकाे थियाे । पन्तले विगत केही हप्ताअघि तराईका गरिब एवं असहाय व्यक्तिलाई पनि जाडाेका कपडा वितरण गरेकी थिइन् ।

न्यानाे कपडा वितरण कार्यक्रममा सेवा घरमा अाश्रित एक बच्चालाइ बाेकेर अन्जुले भनिन्, मलाइ यहाँ अाउँदा एक किसिमले शरीर नै शिथिल भएजस्ताे भएकाे छ । मानिस कति दुःख, कष्ट सहेर बाँच्नु परेकाे छ । जता हेरे पनि दुःख, जता हेरे पनि पीडा । समय नभए पनि, माैसम चिसाे भएपनि हामी दाैडीदाैडी याे सेवा घरमा अाएका छाैं । सेवा घरमा अाश्रित प्रत्येक व्यक्तिका अाफ्नै कथा, व्यथा छन् । यहाँकाे सेवा घरमा रहेका व्यक्तिका कसैकाे हात छैन, कसैकाे गाेडामा गम्भीर चाेट छ, कसैकाे एउटा अाँखा छैन, काेही मनाेराेगी हुनुहुन्छ । कसैले मानसिक सन्तुलन गुमाउनु भएकाे छ । कसैकाे दुधे बच्चा छ, कसकाे बच्चा हाे भन्ने पनि थाहा छैन ।

कपडा वितरण कार्यक्रमलाइ फेसबुक लाइभ समेत गर्नुभएकी पन्तले अगाडि भनिन्, याे मेराे प्रचारका लागि गरिरहेकाे छैन । अाज संसारमा हामी मानिसले कति पैसा खर्च गरिरहेका हुन्छाैं । तर यहाँ विचित्र अवस्था छ । अब हामीले लाने केहिपनि छैन । हामीले लान सक्ने केही छैन भनेपछि केही दिएर त जाअाैं । म केही दिनअघि पर्सा जिल्लाका गाउँगाउँमा गएकाे थिएँ, त्यहाँकाे अवस्था अति नाजूक छ । मकवानपुरकाे चेपाङ बस्ती र पश्चिम नेपालकाे डाेटीमा एचअाइभी भएका बाबुअामाबाट जन्मेका बालबच्चाकाे अवस्था टिठलाग्दाे छ । यस्ताे अवस्थामा म अाह्वान गर्न चाहन्छु, केही लिनु पनि छैन, दिनु पनि छैन तर हामीबीच हाम्राे मनकाे नाता छ रगतकाे नाता छ, हामी सबै मानव एकै छाैं ।

उनले आफ्नै अध्यक्षतामा गठन गरेकाे ‘अन्जु पन्त फाउन्डेसन’ मार्फत् यी सहयोगहरू गरेकी हुन् । फाउन्डेसनले यसअघि मंसिर १५ गते मकवानपुर खैराङका चेपाङ बालबालिका तथा वीरगंज कारागारमा रहेका बालबालिकालाई विद्यालय सामग्री वितरण गरेको थियो। त्यसैगरी पर्सा महुवन रामनगरियाका २० जना अपाङ्ग बालबालिकालाई न्यानो कपडा (सिरक, ब्लाङ्केट) तथा विद्यालय सामग्री, सर्लाहीमा ५५ जना मुसहर बालबालिकालाई विद्यालय ब्याग तथा स्टेसनरी वितरण गरिएको फाउन्डेसनले जनाएकाे छ ।

फाउन्डेसनले पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिकास्थित बेलुवा गाउँका ५० जनालाई न्यानो कपडा (सिरक, ब्लाङ्केट) वितरण गरेको छ । मकवानपुरको चेपाङ बस्तीमा पनि निरन्तर सहयोग गर्दै आएको फाउन्डेसनले गत साता ८८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेकाे छ ।

सामाजिक कार्यका बारेमा पन्तकाे भनाइ छ, ‘सानैदेखि मलाइ सामाजिक सेवामा रहर थियाे, अहिले बानी परेकाे महसुस भएकाे छ । पछिल्लो समय जति स्थानमा पुगेकी छु, त्यहाँ स्थानीय मानिसको अवस्था र पीडा देख्दा सामाजिक सेवा अब रहर मात्र हाेइन भन्ने निष्कर्षमा पुगेकी छु ।’

गायिका पन्तले फाउन्डेसनले  अब पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकास्थित मोर टोलका बासिन्दाका लागि ३५ वटा घर बनाउने अभियान थाल्ने बताइन् । उक्त टाेलका बासिन्दाकाे दयनीय अवस्था देखेर अाएकी पन्तले  भनिन्, ‘यो ठूलो योजनाका लागि मलाई सबैको साथ र सहयोगको आवश्यकता छ । त्याे म एक्लैले गर्न सक्ने हाेइन । अहिले सुत्दा, उठ्दा, खाँदा, हिँड्दा जे गर्दा पनि त्यसले मलाइ सताइरहेकाे छ, मेराे धुन नै त्यही भएकाे छ, म कसरी ती घर बनाउने हाेला भन्ने लागिरहेकाे हुन्छ । अाफ्नाे पैसाले त भ्याउँदिन हाेला, ३५ वटा घर बनाउन ।’

मानव कल्याण समाज (सेवा घर) के हाे ?

यसै वर्ष २०७५ बैशाख २४ गतेदेखि सञ्चालनमा आएको सेवा घर भक्तपुर जिल्लाको चाँगुनारायण न‍गरपालिका वडा नं. ७ मा रहेको यतुमहादेव बागेश्वरीमा रहेकाे सामाजिक घर हो। याे घर कमलविनायकबाट नगरकाेट जाने बाटाेमा अार्मी ब्यारेक नजिकै छ ।

सुमित्रा चौलागाईको अध्यक्षतामा सञ्चालित यस सेवा घरमा अहिले ३५ जना असहाय, अनाथ, बृद्ध, मनोरोगी तथा बालबालिका छन् । उनीहरूलाई संस्थाले सडक तथा सार्वजनिक स्थलमा मानसिक सन्तुलन गुमाएर र सहाराविहीन भएको अवस्थामा उठाएर सहारा दिइरहेको छ। ‘सेवानै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सञ्चालित सेवाघरले अहिले सम्ममा २५ अलपत्र मानवलाई आ–आफ्नो घर परिवारसँग पुनर्मिलन पनि गराएको बताउँछिन् संस्थाकी संस्थापक अध्यक्ष तथा सञ्चालक सुमित्रा चौलागाई।

स्थानीय घरको २ वटा फ्ल्याट रु ३० हजारमा भाडामा लिएर सञ्चालन गरिएको सेवा घरले यत्रो संख्यामा मनोरोगी तथा बेसाहारा मानवलाई आश्रय दिँदै आएकाे छ ।

अध्यक्ष चौलागाई भन्छिन्, ‘हामी हरेक २, ३ दिनमा राति सडक अवलाेकनमा जान्छाैं । हामीले सडकमा रहेका, सुतेका देख्छाैं, कसैलाइ पाटी, मन्दिरमा सुतेका पनि देख्छाैं । उहाँहरू वास्तवमै पीडित व्यक्ति हाे, बेबारिसे व्यक्ति हाे भनेर पहिचान गरिसकेपछि तत्काल ल्याउनुपर्ने व्यक्तिलाइ तत्कालै ल्याउँछाैं । भाेलि वा पर्सि ल्याउँदा पनि हुने व्यक्तिलाइ प्रहरीकाे समेत सहयाेग लिएर सेवा घरमा ल्याउने गर्दछाैं ।  सबैको जीवन उस्तै हो, सबैले बाँच्न पाउने अधिकार छ र त्यो अधिकारबाट कोही पनि बञ्चित नहु्न् भन्ने उदेश्यले संस्था स्थापना गरिएको हो।’

उनले गायिका अन्जु पन्तको न्यानो कपडा वितरण कार्यको सराहना गर्दै भनिन्, ‘हाम्रो सेवा घरमा निश्वार्थ सहयोग गर्न आउनुहुने सबैजना हाम्रा लागि देवताजस्तै हुनुहुन्छ र अन्जुजीलाई पनि हामीले यसै अनुरुप लिएका छौं। जाडोको मौसममा न्यानाे कपडाकाे आवश्यकता भइरहेका बेला अन्जुजीको सहयोगले निकै ठूलो समस्या समधान भएको छ।’