१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको बोर्डमा किन पोतियो कालो



अ+ अ-

काठमाडौं। घरेलु हिंसा पीडित बिनु यादवले सर्वोच्च अदालतको साईनबोर्डमा कालो रङ्ग छ्यापेर विरोध जनाउनु भएको छ । रङ्ग छ्यापे लगत्तै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ ।

यादबलाई हाल प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । सिरहाको सिरहा नगरपालिका–२, स्थायी घर भएकी ३० वर्षीया विनु लामो समयदेखि न्यायका लागि आन्दोलन गरिरहनु भएको छ ।

रामेछापको गोठगाउँका प्रदीप कठायतसँग प्रेम विवाह गर्नुभएकी बिनुले आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै आउनु भएको छ ।यादबले घरेलु हिंसा भएको भन्दै प्रदीपविरुद्ध रामेछाप जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा दायर गरेको र अदालतले प्रदीपलाई सफाइ दिनुसँगै सम्बन्धविच्छेद पनि गरिदिएको थियो । सो फैसलापछि दोषीलाई उन्मुक्ति दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने माग सहित उहाँले प्रर्दशन गरिरहनु भएको छ ।

न्यायका लागि भन्दै यसअघि पनि उहाँले सर्वोच्चको गेटमा रातो रङ्ग छ्यापेर विरोध जनाउनु भएको थियो । न्यायको माग गर्दै यादब माइतीघर मण्डलामा आमरण अनशन पनि बस्नु भएको थियो ।