• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

खुल्ने भो तातोपानी भन्सार नाका, आगामी वैशाख १८ देखि सञ्चालनमा आउने




सिन्धुपाल्चोक । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका मानिएको सिन्धुपाल्चोकको तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । बि.स २०७२ को बिनाशकारी भूकम्पले क्षति पुर्याएको नाका हालसम्म सञ्चालनमा आउन सकेको थिएन ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला नेपाल–चिन सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ। मितेरी पुल,भन्सार चेक जाँच कार्यलय लगाएतका भैतिक संरचनाको क्षति पुगेपछि पुन निर्माण हुन सकेको थिएन ।

भैतिक संरचनाको पुन निर्माण पछि आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ। नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।