१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्ण विवरणसहित)



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंकले सेयर बजारमा प्रत्यक्ष असर पर्ने कुनै पनि व्यवस्थालाई चलाएको छैन । 

समीक्षामा शेयर धितो कर्जासम्बन्धी व्यवस्थालाई यथावत राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले एक व्यक्तिले एक बैंकबाट रु ४ करोड र समग्र बैंकिङ प्रणालीबाट अधिकतम रु १२ करोडसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो । 

उक्त व्यवस्थालाई संशोधन गर्न केन्द्रीय बैंकलाई दबाब दिइएको थियो । केन्द्रीय बैंकले सीडी रेसियोको ९० प्रतिशतलाई पनि यथावत राखेको छ ।