४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

फेडको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो

फेडको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो
अ+ अ-

हङकङ । अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो पटक ब्याजदर बढाउनु भएको छ ।

अमेरिकी सेयर बजारको सूचक डाउ यस वर्ष २०१८ मा सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । फेडका अध्यक्ष जेरोम पावेलले आर्थिक सन्तुलन कायम राख्न ब्याजदर बढाउनै पर्ने बाध्यता रहेको बताउनुभएको छ ।

फेडको बोर्डको सर्वसम्मत निर्णयका आधारमा निकै सोचविचार गरी ब्याजदर शून्य दशमलब २५ प्रतिशत बढाइएको बैंक अध्यक्ष जेरोमले बताउनुभयो । अब बैंकको ब्याजदर २ दशमलब ५ प्रतिशत पुगेको छ ।

लगानीकर्ताहरुले विश्वकै आर्थिक वृद्धिमा आगामी वर्ष केही न्यून हुने भएका कारण अमेरिकी केन्द्रीय बैंक केही नरम हुने अपेक्षा गरेका थिए ।

“अमेरिकी केन्द्रीय बैंक शेयर बजारको ठूलो मित्र रहँदै आएको छ, तर अहिले केही शत्रुजस्तो देखिन थाल्यो,” नुभीनका प्रमुख रणनीतिज्ञ बब डोलले बताउनुभयो ।

फेडले दुईवटा मात्र ब्याजदर वृद्धिको योजना रहेको जनाएको छ । अमेरिकी अर्थतन्त्रको वृद्धि र मुद्रास्फितीलाई ध्यान दिएर ब्याजदरमा समायोजन गर्नुपरेको फेडको भनाइ छ ।

नेसनल अस्ट्रेलियन बैंकका रणनीतिज्ञ रे आट्रिलले अर्को वर्ष पनि फेडले ब्याजदरमा समायोजन गर्न सक्ने सङ्केत दिएकाले बजार अस्थिर हुनसक्ने बताउनुभयो ।

फेडको ब्याजदर वृद्धिको असर बिहीबार एसियाली शेयर बजारमा प्रस्टैसँग अनुभव गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले पहिल्यै कठिन परिस्थितिबाट गुज्रिरहेको शेयर बजारमा समस्या आएको हो । तथापि विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीचको व्यापार युद्धलाई मत्थर बनाउन अहिले ९० दिनको युद्धविराम भएको छ, र दुबै मुलुकबीच आगामी जनवरीमा वार्ता शुरु हुने योजना छ ।

टोकियो शेयर बजार बिहीबार १ दशमलब ७ प्रतिशतले घटेको छ । चीनको शाङघाई पनि शून्य दशमलब ५ प्रतिशतले घटेको छ । जापान र चीनका केन्द्रीय बैंकले शेयर बजारमा नकारात्मक असर पर्न नदिन ब्याजदरमा परिवर्तन गरेका छैनन् । बैंक अफ चाइनाले तरलता कायम राख्न नयाँ योजना पनि घोषणा गरेको छ ।

सियोल र सिड्नीको शेयर बजारमा कमी आएको छ । रासस