७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाः बजेट स्वीकृत, तर मेक्सिको पर्खालको बजेट पारित भएन



अ+ अ-


वासिङटन । संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई भने समेटिएको छैन ।

सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो । बजेट स्वीकृत भएसँगै सङ्घीय सरकारी कार्यालयहरु बन्द हुने परिस्थितिबाट जोगिएका छन् ।

यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ, र यसमा दुबै पार्टी रिपब्लीकन र डेमोक्रेटबीच सहमति भएको छ । दुबै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुहुनेछ ।

रिपब्लीकन र डेमोक्राटिक पार्टीका नेताहरुले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणका बारेमा अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो ।

“सिनेटमा हाम्रा रिपब्लीकन साथीहरुले बेलैमा सही निर्णय गर्नु भएको छ, र सङ्घीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसदका दुबै सदनबाट यो बिधेयक पारित हुने कुनै सम्भावना नै थिएन, र आमजनता पनि यसको विपक्षमा छन्,” सिनेटमा डेमाक्राटिक पार्टीका नेता चक सुमरले बताउनुभयो ।

ह्वाइट हाउसका सहयोगीहरुले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् ।

तर राष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रुपमा लिइएको छ, किनभने उहाँले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ । रासस