२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा



अ+ अ-

काठमाडौँ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।

सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज कार्ड दिइने छ भने प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिर्चाज कार्ड दिइने व्यवस्था रहेको प्रमुख गिरीले बताउनुभयो ।

वडाका एक स्वयंसेविकाको संयोजकमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमको बारेका सोही फोनबाट जानकारी दिनुपर्ने छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिन पर्ने भएकाले उनीहरुलाई थप सुुविधा होस् भनेर यस खालको कार्यक्रम ल्याइएको हो ।
यस खालको सञ्चार सुविधाबाट सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने वडा नं ९ का स्वास्थ्य स्वयंसेविका लक्ष्मी अधिकारीले बताउनुभयो । रासस