१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–हङकङ उडान १४ दिनका लागि स्थगित



अ+ अ-

काठमाडौंः हङकङले स्वास्थ्य सम्बन्धी मापदण्डमा हेरफेर गरेपछि काठमाडौं–हङकङ उडान फेरि स्थगित गर्नु परेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

हङकङ प्रशासनले यही मंसिर ८ गतेदेखि लागू हुने गरी १४ दिनका लागि स्वास्थ्य मापदण्ड लागू गरेसँगै उडानहरु अबरुद्ध भएका हुन् ।

नेपाल एयरलाइन्सको आगामी नोभेम्बर ३० र डिसेम्बर ७ मा काठमाडौं–हङकङ–काठमाडौं उडान गर्ने कार्यतालिका रहेको थियो ।

युरोपेली मुलुकमा कोभिडको संक्रमण बढेसँगै हङकङले आफ्नो विमानस्थलमा स्वास्थ्य सतर्कता अपनाएको छ ।